
सांसद ज्ञानेन्द्र शाहीको सिर्जना रहेको एक गीतको रेकर्डिङ गरिएको छ । शाहीको शब्द, हरि लम्सालको संगीत रहेको ‘कसको लायौं सिन्दुर’ बोलको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् ।
यो गीतमा गायक जोसेफ शाही ठकुरी र गायिका रचना रिमालले स्वर दिएका छन् ।
चक्र बहादुर चन्द यो गीतको कार्यकारी निर्मातामा छन् । चन्दले कार्यकारी निर्माताका रुपमा चलचित्र ‘प्रेम गीत ३’मा लगानी गरेका थिए ।