०५ साउन २०८३, मंगलबार

चलचित्र विकास बोर्डले अभिनय कार्यशाला सञ्चालन गर्ने

माघ ११, २०८०
काठमाडौं
चलचित्र विकास बोर्डले अभिनय कार्यशाला सञ्चालन गर्ने

नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ । 

बोर्डको चालू आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो ।

कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल ([email protected]) मार्फत आवेदन पेस गर्न सकिनेछ । 

कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । 

कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्