१० साउन २०८३, आइतबार

लुम्बिनीमा सकियो मतदान, स्थानीय तहका दुई उपाध्यक्ष मात्र अनुपस्थित

माघ ११, २०८०
बुटवल
लुम्बिनीमा सकियो मतदान, स्थानीय तहका दुई उपाध्यक्ष मात्र अनुपस्थित

राष्ट्रिय सभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा मतदान सकिएको छ । ३०५ मतदाता रहेको लुम्बिनीमा ३०३ मत खसेको छ ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार स्थानीय तहका दुई जनप्रतिनिधि अनुपस्थित रहे । ‘बाँकेको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष नर्वदादेवी उपाध्यक्ष अनुपस्थिति हुनुभयो,’ पाण्डेले लोकान्तरसँग भने । 

निर्वाचन बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा ३ बजेसम्म मतदान भएको थियो । २ पदका लागि लुम्बिनी भएको चुनावमा ६ जना उम्मेदवार छन् । लुम्बिनीमा महिला र अन्यतर्फ एमाले र गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । 

लुम्बिनीमा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्र जिसी र जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि उम्मेदवार छन् । 

त्यस्तै महिलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसकी विष्णु सापकोटा र एमालेबाट तुलसाकुमारी केसी उम्मेदवार छन् । त्यस्तै राप्रपाबाट विजयलक्ष्मी सिंह उम्मेदवार छन् । सवा तीन बजेबाट मतगणना शुरू गर्ने पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्