×

NMB BANK
NIC ASIA

तारकेश्वर मन्दिरमा शिव महापुराण शुरू

काठमाडाैं | माघ ११, २०८०

NTC
Premier Steels

काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण शुरू भएको छ । तारकेश्वर– ३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिरमा बिहीवारदेखि शिवपुराण शुरू भएको हो ।

Muktinath Bank

माघ २३ गतेसम्म चल्ने उक्त शिवपुराणमा वाचक गुरु नारायण चतुव्र्युहले कथा वाचन गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच बिहीवार ११ बजे शोभा कलश र पुर्वाङ्गको कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछि दिउँसो ३ बजे शिवपुरायणको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको आयोजकले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै माघ २२ गते लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन माघ २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । 

Vianet communication

‘यस नगरपालिकामा तारकेश्वर महादेव मन्दिरका साथै नगरपालिका भित्रका अन्य धार्मिक तथा साँस्कृतिक मठ मन्दिर र पर्यटकीय स्थलको स्वदेश तथा विदेशमा प्रचारको प्रबद्र्धन गर्ने मूल उद्देश्यका साथ तारकेश्वर नगरपालिका यस पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गरिएको हो,’ उनले भने ।

उनका अनुसार सुरम्य शिवपुरी पर्वतको काखमा रहेको ताकेश्वर महादेव मन्दिर हिन्दू धर्मालम्वीहरूको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । स्कन्दपुराणको श्री स्वास्थानी ब्रतकथामा भएअनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ ।

null

यस स्थलमा लक्ष्मीले तपस्या गरेका कारण कुनै पनि अनिकाल नहुने जनविश्वास छ भने असारमा खडेरी पर्दा तारकेश्वर महादेवको रुद्री हवन र पूरा गरेर पानी माग्दा वर्षा हुने गरेको विश्वास रहेको छ ।  पौराणिक कालमा दानवहरूले युद्ध गर्न देवगणले महादेवको प्रार्थना गरी हातहतियार सिद्धि प्राप्त गरेका कारण पूजा अर्चना एवं जपतप गर्दा मनोकांक्षासमेत पूरा हुने विश्वास रहेको पाइन्छ । 

त्यस्तै पहिला पहिला स्थानीयले धार्मिक कार्यका लागि भाँडाकुँडा माग्दा प्राप्त हुने गरेकाले लोकोक्ति पनि जाडिएको पाइन्छ । 

नगरपालिका क्षेत्रमा पौराणिक तारकेश्वर महादेव मन्दिर, गृह्रयेश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्ववरी, शान्तिधाम बालकुमारी मन्दिर सिद्धेश्वर, सिम्लेश्वर लगायतका पवित्र धार्मिक तीर्थस्थल रहेका छन् । 

त्यस्तै नगरपालिका क्षेत्रमा भ्युटावर, ऐतिहासिक पाँचमाने, झण्डापार्क, तारकेश्वर साङ्ला  अस्पताल, फुटुङ नागपोखरी, ज्येष्ठ नागरिक स्कूलकोको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको लगायतका पर्यटकीय क्षेत्र रहेको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x