सामसङले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) जडित नयाँ ग्यालेक्सी एस२४ सिरिजको फोन सार्वजनिक गरेको छ ।
काठमाडौंको मेरियट होटलमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले उक्त फोनको ‘अनप्याक’ गरेका हो । एआईले मोबाइल उपकरणमार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैंका लागि परिवर्तन गरिदिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक स्थापितले ग्यालेक्सी एस२४ भविष्यको फोन भएको बताए ।
‘सामसङ ग्यालेक्सी एआईको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौं । हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ’, उनले भने ।
ग्यालेक्सी एस२४ शृङ्खलाका लागि केही दिन अगाडि प्रि–बुक खोलिएको थियो । सामसङले एनसेलसँगको सहकार्यमा पहिलो ५०० ग्राहकहरूलाई प्रिमियम सिम पनि प्रदान गरेको छ ।
यस्तो छ मूल्य