
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को विन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
विकास बैंक शून्य दशमलव ६६, वित्त समूह शून्य दशमलव ४०, लगानी समूह शून्य दशमलव ०९ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै अन्य समूहको उपसूचक एक दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ३७ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ५८ लाख ३२ हजार आठ सय नौ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २५ हजार ५८ कित्ता शेयर किनबेच भएको छ ।