
हास्य सिरियल ‘सक्किगोनि’को टिम यतिबेला फिल्म बनाउने तयारीमा छ ।
धादिङस्थित नौबिसे पुगेर यो टिमले फिल्मको स्क्रिप्ट लेखिरहेको छ ।
कुमार कट्टेल (जिग्री), हरिश निरौला (कक्रोज) र दीपक आचार्य (काकु) नौबिसेस्थित एक रिपोर्टमा फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् ।
स्क्रिप्ट तयार भएपछि फिल्मको आधिकारिक घोषणा गर्ने तयारी रहेको दीपक आचार्यले बताए ।
फिल्म २०८१ सालमा रिलिज गर्ने सक्किगोनि टिमको योजना छ ।