×

NMB BANK
NIC ASIA

६ महिनामा तीन हजार ४५ लागुऔषध कारोबारी पक्राउ

काठमाडाैं | माघ २७, २०८०

NTC
Premier Steels

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।

Muktinath Bank

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये एक हजार नौ सय ६० मुद्दा दर्ता भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज तयार गर्ने काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौँ दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परेका छन् । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागुऔषध कोकिन एक किलो नौ सय ७३ ग्रामसहित पक्राउ परेका छन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीमबहादुर तामाङ लागुऔषध चरेस २५ केजीसहित पक्राउ परेको प्रहरी तत्थ्याङ्कमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी पक्राउ पर्नेमा मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्रमात्रै भएको प्रहरीको दाबी छ । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका प्रहरीले जनाएको छ । 

Vianet communication

पक्राउ परेकाहरुबाट गाँजा आठ हजार तीन सय तीन सय २० केजी, चरेस तीन सय आठ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी बरामद गरिएको प्रहरीको दाबी छ । 

यसैगरी डाइजेपाम २३ हजार पाँच एम्पुल, फेनारगन २७ हजार एक सय ३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार छ सय ७४ एम्पुल, लुपिजेसिक एक हजार चार सय १५ एम्पुल, नाइट्राभेट ६३ हजार पाँच सय ४७ ट्याबलेट, स्पास्मो ११ हजार ७२, कोरेक्स छ हजार पाँच सय ७१, एभिल सात सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन चार हजार सात सय ६२, अन्य एम्पुल छ हजार चार सय ८२, अन्य ट्याबलेट एक हजार पाँच सय ५८ र आइस दुई ग्रामसमेत बरामद भएको छ । 

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा तीन हजार आठ सय ९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । यसैगरी कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x