३१ जेठ २०८३, आइतबार

त्रिवि उपकुलपतिको सर्ट लिस्टमाथि नै आशंका

माघ २९, २०८०
काठमाडौं
त्रिवि उपकुलपतिको सर्ट लिस्टमाथि नै आशंका

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बोलाएको छ।

मन्त्री राई त्रिविका सहकुलपति एवं उपकुलपति छनोट समितिका संयोजक छन्। समितिका सभापति भानुभक्त जोशीले त्रिविको सर्ट लिस्टमा परेको व्यक्तिको बारेमा जानकारी लिन र त्रिविका काम चलाउ उपकुलपति भुसालले एकपछि अर्को नियुक्तिको बारेमा सोधपुछ गर्न मन्त्री राईलाई बोलाएको जानकारी दिए । नेपाल समाचारपत्रले उपकुलपतिको सर्ट लिस्टमाथि नै आशंका रहेको खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्