२५ जेठ २०८३, सोमबार
सीतापाइला हत्या प्रकरण

मृत भेटिएका चारै जनाको पहिचान खुल्यो

फागुन ९, २०८०
काठमाडौं
मृत भेटिएका चारै जनाको पहिचान खुल्यो

काठमाडौंको सीतापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ । मृत भेटिनेमा एक महिला र दुई बालिका छन् । त्यस्तै उनका श्रीमान पनि मृत भेटिएका छन् । उनीहरू आजै बिहान मृत भेटिएका हुन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका घर भई नागार्जुन-६ गोठाटार बस्ने ३९ वर्षीय इश्वरी श्रेष्ठ, उनका आठ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूको घरभित्रै हत्या भएको हो । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ । 

उनीहरूसँगै एक जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा मृत भेटिने राजु घिमिरे हुन् । प्रहरीका अनुसार  उनी ईश्वरीको श्रीमान् हुन् । 

श्रीमती र नातिनीको हत्या गरेर आफू झुण्डिएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्