२२ असार २०८३, सोमबार

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाइसहितको इन्टरनेट उपलब्ध गराउने

फागुन ११, २०८०
काठमाडौं
नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाइसहितको इन्टरनेट उपलब्ध गराउने

नेपाल टेलिकमले सञ्चालनमा रहेका ३४ विमानस्थलमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त सम्झौतामा फागुन ११ गते शुक्रवार हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत बिनिता श्रेष्ठ र प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रअनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाइ नेटवर्क जडान गर्नेछ ।

यस्तै, नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।​​

फ्रि वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ ।

त्यसैगरी यात्रुहरूलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउने छ । 

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्