
अग्नि ग्रुपले ‘महिन्द्रा ट्रयाक्टर उत्सव योजना’का विजेता घोषणा गरेको छ ।
जसअनुसार वीरगन्जका आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, विर्तामोड निवासी मिसेक फयाकले जावा –फोर्टी टु (जावा फोर्टी–टू) मोटरसाइकल र दोलखाको चरिकोटमा रहेको देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना ल्याएको थियो ।
जस अन्तर्गत भाग्यशाली विजेताहरूलाई तीन बम्पर पुरस्कार प्रदान गरिएको हो ।

योजना अनुसार यही चैत ६ गते मंगलवार अग्निले एक कार्यक्रमका बीच बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेताको घोषणा गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालकी महिला राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटी का प्रतिनिधि दीपक कुमार, अग्नि ग्रुपका उप निर्देशक बरदान बस्नेतका साथै स्थानीयको उपस्थितिमा विजेताहरूको नामावली सार्वजनिक गरिएको हो ।
महिला भलिबल खेलाडी सरस्वती चौधरीले ‘लक्की ड्र’मार्फत ३ भाग्यशाली विजेताहरूका नाम घोषणा गरेकी थिइन् ।
विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।