![होलीको पूर्वसन्ध्यामा विराटनगरमा मारवाडी युवाले गरे दुर्गा प्रसाईंमाथि व्यंग्य [तस्वीरहरू ]](https://lktcdn2.prixacdn.net/media/marwadi_5_vOL9OZEHJy.jpg)
विराटनगरमा होली पर्वको पूर्वसन्ध्यामा पछिल्लो समय अभियन्ताको रुपमा उदाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई व्यंग्य गर्दै र्याली निकालिएको छ ।
मारवाडी युवा मञ्च विराटनगरले शुक्रवार साँझ निकालेको र्यालीमा प्रसाईंलाई व्यंग्य गरेका गरिएको हो ।

युवाहरूले प्ले कार्डमा प्रसाईंलाई व्यंग्य गर्दै मुर्गा तरसाइदेखि फेकु नेतासम्म लेखेका छन् । उनीहरूका छेउमा प्रसाईंकै शैलीमा सुरक्षा गार्डसमेत राखिएको देख्न सकिन्छ । सुरक्षा गार्डको नाम भने ‘हावा गार्ड’ लेखिएको छ । उनीहरूलाई हतियारसमेत बोकाइएको देख्न सकिन्छ ।

र्यालीमा सहभागी पुरुषले महिलाका पहिरनसँगै मनोरञ्जनका लागि विभिन्न पहिरन लगाएका छन् ।
कार्यक्रममा विराटनगरका मारवाडी समुदायको बाक्लो उपस्थिति छ । र्यालीपछि शुक्रवार नै महामुर्खसमेत घोषणा गरिने छ ।
पछिल्लो समय प्रसाईं मारवाडी समुदायका व्यवसायीमाथि आक्रामण अभिव्यक्ति दिँदै आएका छन् । यसैको विरोधमा मारवाडी समुदायले व्यंग्य गरेका हुन् ।

कुनैबेला माओवादी र एमालेका नेतासमेत रहेका प्रसाईं पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्था पक्षधर अभियन्ताको रुपमा चिनिएका छन् ।