कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ ।
बिरामी आफैं स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्ने लगायत कारणले क्षयरोग निवारणमा चुनौती बनेको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले क्षयरोग नियमित औषधि सेवन गरेमा निको हुने सरुवा रोग भएकामा देवी देवताका कारण भएको मानेर हेलचेक्राई गर्नाले मानिसको ज्यान लिने तथा धेरैलाई सर्ने गरेको बताए ।
'स्थानीय तहहरूले क्षयरोगमुक्त पालिका बनाउन समुदायस्तरमा पुगेर बिरामीको पहिचान र नियमित औषधि उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ', उनले भने, 'क्षयरोग परीक्षण गर्ने प्रयोगशाला र जनशक्ति सीमित हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन ।'
लगातार दुई हप्ताभन्दा बढी समय सुक्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परीक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गरिन्।
उनका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा छ महिनादेखि १३ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।
जिल्लामा चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।
उनका अनुसार बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा चार, धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा २/२ जना क्षयरोगी भेटिएका हुन् ।
गत आवमा बेनीमा २८, अन्नपूर्णमा आठ, रघुगङ्गामा पाँच, धवलागिरिमा छ, मालिकामा आठ र मङ्गला गाउँपालिकामा पाँच जना क्षयरोगी भेटिएका थिए । आव २०७८/७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए ।
'म्याग्दीको जनसङ्ख्याको अनुपातमा वार्षिक दुई सय ४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन', सुवेदीले भने, 'यहाँका बिरामी उपचारका लागि बाहिर जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।'
म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको उनले जानकारी दिए ।
बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परीक्षण हुन्छ ।
भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परीक्षण गर्न ल्याउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताए ।
क्षयरोग निवारणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर समुदायस्तरमा जनचेतना अभिवृद्धि, परीक्षण र उपचारमा पहुँच बढाउनुपर्ने उनको भनाइ छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...