×

NMB BANK
NIC ASIA

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

नयाँ दिल्ली | चैत १४, २०८०

NTC
Premier Steels

भारतले सन् २०३० सम्ममा ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । 

Muktinath Bank

भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न योजनाहरू सुरु गरिसकेको र सन् २०३० सम्ममा यसको उत्कृष्ट प्रभाव देखिने जनाइएको हो ।
 
सवारी साधनहरूको माग वैकल्पिक इन्धन प्रयोगतिर गइरहेको समयमा भारतले विद्युतीय सवारी साधनको मागलाई सम्बोधन गर्ने नीति लिएको उक्त संस्थाले गरेको अध्ययनले देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल सवारी साधन बिक्रीमध्ये पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सामा उल्लेखनीय गिरावट मापन गरिएको छ । सवारी बिक्रीको तथ्याङ्कले पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सा सन् २०२० मा ८६ प्रतिशत रहेकोमा सन् २०२३ मा १० प्रतिशत कमी अर्थात् ७६ प्रतिशतमा घटेको देखाएको छ । 


Advertisment
Nabil box
Kumari

डिजेलबाट चल्ने सवारी साधनहरूको अंश सन् २०२० मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ११ प्रतिशतमा सीमित भएको छ । 

Vianet communication

वैकल्पिक इन्धनबाट चल्ने सवारी साधनहरूको बिक्री सन् २०२० को तुलनामा गत वर्ष ४०० प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्कबाट देखिन्छ ।  

भारतलाई वैकल्पिक इन्धनतर्फ अगाडि बढाउन सरकारले ‘फेम¬–२’ योजनाको   दोस्रो चरण स्वीकृत गरेको छ । यसका लागि एक खर्ब ५० अर्ब भारतीय रूपैयाँ विनियोजन गरेको छ । 

अटोमोबाइल बजारमा पेट्रोल र डिजेल इन्धन–सञ्चालित सवारी साधनहरूको परम्परागत प्रभुत्वलाई चुनौती दिन बलियो दावेदारको रूपमा विद्युतीय सवारीसाधन उभिएको छ । 

केयरएज रेटिङ्सका एसोसिएट निर्देशक आरती रोयले विद्युतीय साधनको बजार प्रवद्र्धनको उद्देश्य पूरा हुन सरकारी नीति, प्राविधिक विकास र उपभोक्ता प्राथमिकताजस्ता कारकमा निर्भर हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x