२६ असार २०८३, शुक्रबार

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने  शिक्षा मन्त्रालयको तयारी

चैत १८, २०८०
काठमाडौं
वर्षमा दुईपटक भर्नाको नीति ल्याउने  शिक्षा मन्त्रालयको तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

अनुगमन शैक्षिक फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् । 

वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको उनले जानकारी दिए । 

'कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर छन्, उच्चशिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थिति छ', उनले भन, 'नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक छ ।'

उच्च शिक्षाका लागि राम्रो पठनपाठन हुने कलेजहरू नेपालमा भए पनि नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै  लागि भन्दा पनि आफ्नो भविष्य र स्मार्ट जबका लागि विदेश जाने गरेका उनले सुनाए ।

कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधिक शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्