०२ साउन २०८३, शनिबार
जीवनदर्शन

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०
काठमाडौं
दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्वका छन्, जसमा गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कार पर्छन् । यहाँ यिनै संस्कारमध्ये विवाह संस्कारको विशेषतालाई केलाउने प्रयास गरिएको छ ।  

हाम्रो सनातनी विवाह पद्धतिअनुसार विवाहमा सातवटा विधि पूरा भएका हुन्छन् । यिनमा पहिलो कृत्यको नाम वाग्दान हो । वाग्दान भनेको वचन दिनु वा वचनबद्ध हुनु हो । पहिले पहिले विवाहको चाँजोपाँजो अविभावकले मिलाउँथे । यति बेला कन्य पक्षले वर पक्षलाई मेरी छोरी तपाईँका छोरालाई दिएँ भन्ने गरिन्थ्यो । यही नै वाग्दान विधि हो  तर हिजोआज समय फेरिएको छ । केटा र केटीले जीवनसाथी आफैँले चुन्न थालिसेका छन् । तथापि प्रकारान्तरबाटै सही वाग्दानको कृत्य भने अहिले पनि कायमै छ । 

वरले सदा सौभाग्यवती र मङगल दायिनी बनेर मेरो दुःख र सुखमा साथ दिने छ्यौं भन्ने कामना गरेको हुन्छ भने वधूले तिमीले एक पाइलो अघि बढ्दा म दुइपाइलो अघि बढेर साथ दिनेछु भन्दै आफूले चालेका पाइलाले तिमीलाई ऐश्वर्यशाली बनाइदिने छु भन्नसमेत भ्याइरहेकी हुन्छिन् ।

विवाह मण्डपमा केटा र केटीले आ–आफ्ना अविभावकको रोहवरमा वा रोहवरविना नै पनि देवीदेवता र अग्नि साक्षी राखी आफूहरू प्रणय सूत्रमा बाँधिएको भनेर जुन कसम खाएका हुन्छन्, अथवा कोर्ट म्यारिज भए अदालतका न्यायाधीशसँग जुन बोलकबोल गरेका हुन्छन् यसैबाट वाग्दानको कृत्य पूरा भइरहेको हुन्छ । मात्र फरक अविभावकले वाग्दान गर्दा छोरा र छोरीका लागि भनिएको हुन्छ भने आफैँले गर्दा हामी दुई भनेका हुन्छन् ।  

यस संस्कारको दोस्रो कृत्य स्वयम्बर विधान हो । यो भनेको केटाकेटी आफैँले वर र वधू चुन्ने क्रिया हो । सत्य युगमा माता लक्ष्मीले विष्णुको स्वयंवर गरेकी थिइन् । त्रेतायुगमा सीताबाट रामको स्वयंवर भएको थियो । द्वापर युगमा रुक्मिणिले कृष्णको स्वयंवर गरेकी थिइन् । कलियुगमा सबैले त्यसैलाई पछ्याउँदै आएका छन् । स्वयंवरको माला आदानप्रदान गरिरहँदा उनीहरूले देवीदेवता, ऋषिमुनिहरू र इष्टमित्र साक्षी राखी आफू दुई पतिपत्नीको रूपमा एउटै बनेको कुराको सपथसमेत खाइरहेका हुन्छन् ।  

विवाह संस्कारको तेस्रो कृत्यमा वरणीको विधान पर्छ । यो भनेको छोरी दिएर पठाउनृुपूर्व कन्यपक्षबाट वरको सम्मान  खातिर गरिने संस्कार हो । चौथो कृत्यमा कन्यादानको विधान पर्छ । यसलार्ई कन्या हस्तान्तरण भन्न पनि सकिन्छ र यस शब्दले केटा हस्तान्तरण शब्दलाई पनि लिनुपर्र्ने हुन्छ । किनभने यति बेला हुने कृत्य भनेको वर वधूको एकआपसमा हस्तान्तरण नै हो । यसलाई पाणिगहण भन्ने गरिएको पनि पाइन्छ । यस शब्दले पनि यस्तै अर्थ दिरहेको हुन्छ ।  

विवाहको पाँचौँ काम हो सिन्दुर दान । यहाँ केटाले केटीको स्युँदोमा सिन्दूर हालेर जीवनभर साथ पाउने आशा गरेको हुन्छ भने केटीले पूरा जीवन सुख–दुःखमा साथ दिने आश्वासन दिरहेकी हुन्छिन् । 

यसपछि आउँछ सप्तपदी वा लाजा होम, जसलाई छैटौँ कृत्यको रूपमा लिन सकिन्छ । यति बेला कन्या अगाडि र वर पछाडि बसेर विवाहमण्डप घुम्ने काम गर्छन्, जसलाई सात फेरो लगाउनु पनि भन्ने गरिएको छ । सप्तपदी कार्यमा लावा हवन गर्ने गरिन्छ । यो भनेको विकसित वा खिलेको वा प्रशन्नताको प्रतीक हो । यस कृत्यमार्फत् वरवधूले आफ्नो जीवन सँधैभरी यसैगरी फलोस्–फुलोस भन्ने कामना गरिहेका हुन्छन्  । 

यति बेला वरले सदा सौभाग्यवती र मङगल दायिनी बनेर मेरो दुःख र सुखमा साथ दिने छ्यौं भन्ने कामना गरेको हुन्छ भने वधूले तिमीले एक पाइलो अघि बढ्दा म दुइपाइलो अघि बढेर साथ दिन पुगेकी हुन्छु भन्दै मैले यी साता पाइला अघि सारेकी छु यिनैले तिमीलाई ऐश्वर्यशाली बनाइदिने छु भन्नसमेत भ्याइरहेकी हुन्छिन् । 

अगाडि गएर चतुर्थी कृत्यसमेत गर्नुपर्ने हुन्छ । विवाह संस्कारमा गर्नुपर्ने यो अन्तिम संस्कार हो  । यतिबेला वरवधूले वैदिक मन्त्रद्वारा आफूहरूले हाड, मासु, छाला र प्राणलाई एउटै बनाएका छौँ भनिरहेका हुन्छन् । त्यसैले यसरी बाँधिएको दाम्पत्य जीवनको साङ्गो दैवीविपत्तिबाहेक सितिमिति टुटेको उदाहरण छैन । अपवादमा केही भए छुट्टै कुरो ।

salt training

कमेन्ट गर्नुहोस्