०५ साउन २०८३, मंगलबार

स्वास्थ्यमन्त्री यादवको स्वीकारोक्ति : अपेक्षाअनुसार सेवा दिन सकिएको छैन

चैत २५, २०८०
चितवन
स्वास्थ्यमन्त्री यादवको स्वीकारोक्ति : अपेक्षाअनुसार सेवा दिन सकिएको छैन

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको स्वीकार गरेका छन् । 

भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् ।

'जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ', उनले भने ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मेवारी रहेको उनले बताए ।

जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए ।

भरतपुर अस्पतालको ६८औं वार्षिकोत्सवमा सहभागी हुन चितवन पुगेका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए ।

अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्