०३ साउन २०८३, आइतबार

कमेडियन हिमेश ‘ज्वाइँ साब’मा अनुबन्धित

चैत २८, २०८०
काठमाडौं
कमेडियन हिमेश ‘ज्वाइँ साब’मा अनुबन्धित

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबीच चलचित्रका लागि बुधवार कागजी सम्झौता भएको छ ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् । 

चलचित्रमा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ ।

फल्मको छायांकन वैशाखको १५ गतेबाट शुरू हुँदैछ । चलचित्र आउँदो वर्षको तिहारमा रिलिज हुनेछ । 

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

कमेडी च्याम्पियनका पहिलो विजेता हिमेशले यसअघि ‘वर एण्ड बधु’ र ‘शमशेर’ साइन गरिसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्