२९ असार २०८३, सोमबार

विवाहपछि राजनीति पछ्याउन बाध्य परिणीतिः पति राघवको एउटा कुराले हैरान्

बैशाख ५, २०८१
काठमाडौं
विवाहपछि राजनीति पछ्याउन बाध्य परिणीतिः पति राघवको एउटा कुराले हैरान्

बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष आम आदमी पार्टी (आप)का नेता राघव चड्ढासँग गत वर्ष विवाह गरिन् । यसले विशेषगरी भारतभर चर्चा पायो । किनकि उनले अन्तर्वार्ताहरूमा आफूले राजनीतिज्ञसँग विवाह नगर्ने बताएकी थिइन् ।

यद्यपि अहिले परिणीतिको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुचि पनि बढ्दै गएको छ ।

हालैको एक अन्तरर्वार्तामा परिणीतिले राजनीतिमा आफ्नो रुचिबारे बताएकी छिन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा उनी राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको दाबी गरेकी छिन् । यसका बीच, उनले राघवसँगको विवाहपछि राजनीति पछ्याउन थालेको विषय भने लुकाइनन् । ‘अहिले म राजनीति पछ्याउँदैछु । अब त यो काम मैले गर्नै पर्छ’, उनले भनेकी छिन् ।

null

परिणीति एउटा कुराले भने हैरान छिन् । किनकि, उनका पति राघव चलचित्रप्रति चासो राख्दैनन् । यसबारे भने उनले गुनासो गरेकी छिन् । ‘उहाँ मनोरञ्जनमा चासै लिनुहुन्नँ, ‘उहाँप्रति मेरो यो गुनासो छ,’ उनी भन्छिन्, ‘उहाँले पछिल्लोपटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ, कि उहाँलाई मात्रै !’ 

परिणीतिका अनुसार राघवलाई चलचित्रभन्दा बढी रुचि संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक भन्दा पनि अन्य कुरा बढी हुने खुलाइन् ।

परिणीति हालका दिनमा चलचित्र ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो चलचित्रमा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् । परिणीति अर्की बलिउड अभिनेत्री प्रिंयका चोपडाकी बहिनी पनि हुन् । यद्यपि, दिदीबहिनी फरक स्वाभावका रहेको उनीहरूको परिवारले नै स्वीकारेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्