
नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ ।
रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा वार्षिक आय व्यय विवरण सार्वजनिक गरिनुका साथै चियापान र टी-शर्ट वितरण समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष डिलाराम सुवेदीको अध्यक्षतामा भएको भेला सचिव जयलाल सुवेदीले सञ्चालन गरेका थिए ।
सहसचिव केदार सुवेदीले स्वागत मन्तव्य राखेको भेलामा कोषाध्यक्ष विकास सुवेदीले आम्दानी तथा खर्चको विवरण पेश गरेका थिए ।
आफूहरूले संस्थामा आबद्ध तथा अन्य नेपालीलाई पनि समस्या परेका बेला सकेको सहयोग गर्दै जाने अध्यक्ष सुवेदीले बताए ।