×

NMB BANK
NIC ASIA

ट्राफिक कारबाहीमा उल्टो काम

कहाँ-कहाँ चेकिङ हुँदैछ भनी ट्राफिक प्रहरी आफैंले सार्वजनिक गरेपछि...

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

ट्राफिक प्रहरीले सवारीसाधन चोरी, सवारीसाधनमा यात्रुको मालसामान छुटेको अवस्था लगायतका केही विशिष्ट कारणबाहेक अन्य अवस्थामा आकस्मिक ‘चेक प्वाइन्ट’ राख्दै आएको छ । 

Muktinath Bank

योसँगै दैनिक मापसे चेकिङ त राख्ने नै भयो । सवारी नियमसँगै दुर्घटना नहोस् र सवारीसाधन दुरुस्त अवस्थामा होस् भन्ने हेतुले ट्राफिक प्रहरीले चेकजाँच गर्ने गर्छन् । नियमानुसार चालकले बोक्ने सवारीको कागजपत्र ठीक नभएको अवस्था र चालकका अन्य गल्ती औंल्याएर ट्राफिकले जरिवाना रसिद काट्छन् । दोषी चालकले रसिदमा लेखिएको जरिवाना तिर्छन् । उक्त रकम राजश्वमा जम्मा हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आफ्नो वेब साइटमा चेक प्वाइन्ट राख्ने स्थान नै सार्वजनिक गरेर राजश्व असुलीमा बाधक देखिएको प्रष्ट देखाएको छ । उसले आफ्नो वेब साइटमा आफूले गर्दै आएको कामकारबाहीका बारेमा सार्वजनिक गर्दै ‘यी÷यी स्थानमा चेक प्वाइन्ट राखिएको’ भनेर उल्लेख गरेको छ । 


Advertisment
Nabil box
Kumari

वेब साइटमा व्यवस्थित पार्किङ नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै १५ स्थानमा ट्राफिक प्रहरी खटाइएको भनिएको छ । काठमाडौंको नारायणहिटी संग्राहालय दक्षिणगेट अगाडि, केशर महल, नारायणचौर क्षेत्र, गणेशथान, बागबजार, न्युरोड, त्रिपुरेश्वर, नयाँ बसपार्क पुल, परोपकारको पुल, चावहिल, बौद्ध, गौशाला, कोटेश्वर, लगनखेल र नयाँ बानेश्वरमा प्रहरी खटाइएको भनिएको छ । त्यस्तै ग्रीनवेल्ट अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन ८ स्थानमा ट्राफिक प्रहरी खटाइएको पनि उल्लेख गरिएको छ । नयाँ बसपार्क, कलंकी, स्वयम्भू, सीतापाइला, खसीबजार, कोटेश्वर, सातदोबाटो र बल्खुमा समेत ट्राफिक प्रहरी खटिएका छन् । 

Vianet communication

१५ स्थानमा ‘भिगरस चेकिङ’ 

भिगरस चेकिङ खासगरी शंका लागेका सवारीसाधन रोकेर कागजपत्र हेर्ने उद्देश्यले राखिन्छ । जब ट्राफिक प्रहरीले कुन स्थानमा चेक प्वाइन्ट राखिएको छ भनेर आफैं सार्वजनिक गरेपछि त्यो बाटो भएर सवारीसाधन चोरी वा अन्य अपराध गरेका चालक किन आउलान् ? प्रश्न उब्जिएको छ । 

ट्राफिक कार्यालयले सार्वजनिक गरेका भिगरस चेक प्वाइन्ट थापाथली पुल जाने आउने, कालिमाटी, कोटेश्वर, शोभाभगवती पुल, चावहिल, महाराजगञ्ज, गंगबु चोक, बालाजु चोक, ग्वार्को चोक, जावलाखेल, बबरमहल, दरबारमार्ग, परोपकार, पुतलीसडक र न्युरोड गेट हुन् । 

दैनिक गरिने चेकिङका बारेमा समेत जानकारी वेब साइटमा दिइएको छ । ट्राफिक कार्यालयले दैनिक २८ स्थानमा चेकिङ ड्युटी राख्ने स्थान सार्वजनिक गरेको छ । जसअनुसार थापाथली पुल जाने–आउने, वल्खु , सानेपा पुल, वालकुमारी पुल, कोटेश्वर, सल्लाघारी,  पेप्सीकोला, गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज, धुम्बाराही चोक, गंगबु चोक, माछापोखरी, बालाजु चोक, हलचोक, सीतापाइला, कलंकी, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, जावलाखेल, बबरमहल, महेन्द्र शालिक, मैतिदेवी, कमलपोखरी, गल्कोपाखा र न्युरोड गेट छन् । 

ट्राफिक प्रहरीले अव्यवस्थित रुपमा ट्रक÷बस पार्किङ गरेका चालकलाई कारबाही गरेपछि राजश्व उठाउँछ । त्यही राजश्व सरकारी ढुकुटीमा गएपछि उनीहरूले तलब खान्छन् । तर, यी–यी स्थानमा चेक प्वाइन्ट राखिएको भनेर सार्वजनिक गरेपछि ती स्थानमा ट्रक÷बसका सवारीचालकले किन पार्किङ गर्थे ? यो अर्को प्रश्न खडा भएको छ । 

सार्वजनिक गरिएको सूचीअनुसार खसीबजार, बल्खु, कलंकी, सीतापाइला, स्वयम्भू, बालाजु, गंगबु, बसुन्धारा, सुकेधारा, बालकुमारी, सातदोवाटो र सानेपा क्षेत्रमा अव्यवस्थित ट्रक÷बस पार्किङ गर्नेमाथि कारबाही गर्न ट्राफिक प्रहरी खटाइएको उल्लेख छ ।

यी स्थानमा छतमा राखेर यात्रा नगराउनू !

ट्राफिकको आँखा छलेर सार्वजनिक बसले छतमा यात्रु राखेर हाँक्दै आएका हुन्छन् । त्यस्तो अवस्थामा ट्राफिक प्रहरीले देखिहाले भने जरिवाना तिराउँछन् र छतबाट यात्रु झार्छन् । अचम्म त के छ भने– यस्ता ‘हर्कत’ गर्ने बस चालकलाई कारबाही गर्न कहाँ÷कहाँ ट्राफिक खटिएका छन् भनेर ट्राफिक कार्यालय आफैंले सार्वजनिक गरेको छ । कार्यालयका अनुसार जोरपाटी, नलिन चोक, चोभार, बालाजु बाइपास (नागार्जुन जाने बाटोमा) र थानकोटमा छतमा यात्रु राख्ने र क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई कारबाही गर्न ट्राफिक प्रहरी खटिएका छन् । 

ढोका खोलेर जथाभावी यात्रु चढाउने र ओराल्ने चालकमाथि कारबाही गर्नका कुन स्थानमा ट्राफिक राखिएका छन् ? चालकलाई सजिलो होस् भन्ने हेतुले यो जानकारी पनि ट्राफिकले दिएको छ । जसअनुसार रत्नपार्क, नजिकै विद्युत् प्राधिकरण, त्रिपुरेश्वर, शहीद गेट, केशरमहल, मीनभवन, गौशाला, महाराजगञ्ज, सामाखुशी, कालीमाटी, कुपण्डोल, बबरमहल, कलंकी, मैतिदेवी र स्रोह्रखुट्टेमा ट्राफिक खटिएको भनेर सार्वजनिक गरिएको छ । 

ट्राफिक कार्यालयका रहेर काम गरिरहेका नेपाल प्रहरीका पूर्वडीआईजी विकास श्रेष्ठ दैनिक हुने चेक प्वाइन्ट सार्वजनिक गर्न नहुने बताउँछन् । ‘चेक प्वाइन्ट राख्ने कुरा सार्वजनिक गर्नै हुँदैन । ट्राफिक प्रहरीको काम मुख्यगरी दुर्घटना न्यूनीकरणसँगै सवारी आवागमनलाई चुस्त र दुरुस्त पार्ने नै हो,’ श्रेष्ठले लोकान्तरसँग भने,‘ ट्राफिक प्रहरीलाई राजश्व असुलीको एउटा अंगको रुपमा लिइएकाले चेक प्वाइन्ट सार्वजनिक गर्दा त्यो लक्ष्य पूरा नहुन सक्छ ।’ 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं एसएसपी जीवनकुमार श्रेष्ठले वेब साइटमा माथि उल्लेखित विषय राख्न नहुने बताउँदै राखेको पाइएमा हटाउने स्पष्ट पारे । उनले भने, ‘ चेक प्वाइन्ट यहाँ–यहाँ छ भनेर म आउनुअघि नै हालिएको होला, यसरी सार्वजनिक गर्नुहुँदैनथ्यो । हाम्रो वेब साइटमा राखिएको रहेछ भने हटाउन लगाउँछु ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x