×

NMB BANK
NIC ASIA

मटिहानीका आगलागी पीडितलाई राहत दिइने

महोत्तरी | बैशाख १३, २०८१

NTC
Premier Steels

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका बुधबार भएको आगलागीबाट पीडित एक सय परिवारलाई राहत रकम दिइने भएको छ । उनीहरुलाई प्रतिपरिवार रु २० हजार राहत दिइने भएको छ ।

Muktinath Bank

सदरमुकाम जलेश्वरमा जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले अग्नी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले क्षति विवरण संकलन गरी विपद् व्यवस्थापन समितिमा पेश गर्ने, आगलगी पीडितको लागि राहत, अस्थायी बसोबासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेस प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने, राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउन जिल्लामा क्रियाशील विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्था, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, विभिन्न समाजसेवी सङ्घसंस्थालगायतलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले स्थानीय तह, सहयोगी सङ्घ संस्थासँग सहकार्य, समन्वय गरी गर्भवती, बालबालिका, वृद्ध, असहाय र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो बस्तीमा आधारभूत खानेपानी तथा सरसफाइको प्रबन्ध मिलाउने, डिभिजन वन कार्यालयले पीडित परिवारलाई सहुलियत दरमा काठ तथा दाउरा उपलब्ध गराउने र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी गैरसरकारी संस्थाले आवश्यकताको आधारमा शैक्षिक सामग्री उपलब्ध गराउने निर्णय भएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै मटिहानीका अग्नीपीडितलाई राहत सामग्री एकद्वार नीतिअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा अभिलेखीकरण गरी स्थानीय पालिकामार्फत उपलब्ध गराउने निर्णय गरिएको हो । बैठकमा महोत्तरीका १५ वटै पालिकाका प्रमुख एवं अध्यक्ष तथा प्रतिनिधि, जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x