
अध्यात्मिक संस्था संन्त निरंकारी मण्डल, नेपालले एकैदिन आठ सय ९४ पिन्ट रगत सङ्कलन गरेको छ ।
मानव एकता दिवशको अवसरमा शनिबार देशभरका १४ जिल्लामा भएका रक्तदान शिविरबाट आठ सय ९४ प्वाइन्ट रगत सङ्कलन गरिएको मण्डलका केन्द्रीय सचिव अनिल महर्जनले जानकारी दिए ।
रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने नारासहित आयोजित शिविरअन्तर्गत केलालीमा २४३, धनुषामा १३४, काठमाडौँमा ८४, स्याङ्जामा ६९, दाङमा ६२, सप्तरीमा ५९, सुर्खेतमा ४४, झापामा ३३, सल्यानमा ३२, सिरहामा २८, कपिलवस्तुमा २७, रुपन्देहीमा २७, सर्लाहीमा २७ र कञ्चनपुरमा २७ पिन्ट रगत सङ्कलन गरिएको मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले बताए ।