०२ साउन २०८३, शनिबार

नक्कली लाइसेन्स प्रकरणः २ जना कम्प्युटर इन्जिनियर पक्राउ

बैशाख १६, २०८१
काठमाडौं
नक्कली लाइसेन्स प्रकरणः २ जना कम्प्युटर इन्जिनियर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा दुईजना कम्युटर इन्जिनियरलाई पक्राउ गरेको छ । 

यातायात व्यवस्था विभागमा काम गरेका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र करारमा काम गरेका अर्का कम्प्युटर इन्जिनियर हरिश भट्टलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता हविन्द्र बोगटीले आइतबार जानकारी दिए ।

उनीहरूलाई शनिवार साँझ पक्राउ गरिएको एसपी बोगटीले बताए । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका उनीहरूलाई सीआईबीले पनि अनुसन्धान शुरू गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्