कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडाैं | बैशाख १८, २०८१
भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणका गणेश कुमार नेपालभित्र भएका पछिल्ला आपराधिक घटना संलग्न रहँदै आएका व्यक्ति हुन् ।
अपराधको दुनियाँमा उनलाई गणेशको नामले कसैले पनि चिन्दैनन् । उनले भारतीय 'अन्डरवर्ल्ड डन' बब्लु श्रीवास्तसँग मिल्दोजुल्दो नाम राखेर व्यापारीलाई धम्क्याउने तथा पैसा असुल्ने काम गर्दै आएका थिए ।
गणेशले बब्लु पासवान बोलेको भनेर व्यापारीलाई धम्की दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बब्लु पछिल्लोपटक काठमाडौंको गोठाटारस्थित मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरी हत्या गरेको घटनामा पनि संलग्न देखिन्छन् ।
२०७९ असोज ३ मा भएको घटनामा बब्लुको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दाबी छ । त्यसअघि २०७३ जेठ १३ मा बाराको गढीमाई नगरपालिका– १ का व्यापारी सुरेश केडियाको अपहरणमा समेत बब्लु मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार राति गोली प्रहार गरी नियन्त्रणमा लिएका बब्लु भारतमा बसेर पर्सा र मधेश प्रदेशका अन्य जिल्लामा व्यक्ति अपहरणमा योजनाबद्ध ढंगले लागेको सूचना प्रहरीसँग छ । प्रहरीको अभिलेख अनुसार उनी साना हतियार र लागू औषधको कारोबारीसमेत हुन् । आइतबार गोली प्रहार गरी नियन्त्रणमा लिँदा बब्लुसँग ४९ ग्राम खैरो हेरोइन, ८८० ग्राम गाँजा, मेड इन यूएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलका अनुसार बब्लुले नेपालमा अपराध गरेर भागेका नेपाली अपराधीहरूलाई भारतमा सेल्टर दिएर संरक्षण गर्दै आएका थिए ।
व्यापारीको नाम उल्लेख नगर्ने शर्तमा एसपी ढुंगेलले भने, ‘बब्लुले पर्सासहित मधेशका विभिन्न जिल्लाका व्यापारीलाई फोन गरेर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको देखियो ।’
के थियो मोहम्मद–बब्लु कनेक्सन ?
२०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरियो । उक्त हत्यामा लाल मोहम्मदको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो । पटुवाको हत्यामा मोहम्मदसँगै पप्पु गुप्ताको संलग्नता थियो । काठमाडौं जिल्ला अदालतको आदेशमा मोहम्मद र गुप्ता १० वर्ष जेल सजाय काटेर निस्किएका थिए । पटुवा हत्याकाण्डमा अर्का आरोपी मुन्ना खान भन्ने इल्ताफ हुसेन अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए ।
पटुवा हत्याको भित्री कारण भने भारतीय जाली नोट कारोबारमा कुरा नमिल्नु थियो । लाल मोहम्मदको कनेक्सन हेरेर प्रहरी समेत चकित भएको थियो । उनको सम्बन्ध तत्कालीन समयमा जेल परेका पूर्वमन्त्री सलिममिया अन्सारीका छोरा युनुससँग जोडिएको थियो । युनुससँग मिलेर उनकै सल्लाहमा मोहम्मदले जाली भारतीय नोट र खैरो हेरोइनको कारोबार गर्ने गरेको प्रहरीको निष्कर्ष थियो । मोहम्मदले भारतीय जाली नोट कारोबारमा मलजल गरेको सूचना पाएपछि बब्लु पासवान जोडिए ।
पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर भारत पठाउने समूहसँग मोहम्मदको कनेक्सन देखिए पनि बब्लुले धावा बोले । पटुवाको गोली हानी हत्या गरेर मोहम्मदले जवाफ फर्काए । त्यही बेलादेखि यी दुईको सम्बन्ध पानी बाराबारमा पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।’
गोठाटारमा मारिनु केही समयअघिदेखि भने मोहम्मदले जाली भारतीय नोटको कारोबार छाडेका थिए । उनी ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका थिए । बब्लु भने नेपाल–भारत सीमामा बसेर अपहरण र फिरौतिसँगै लागुऔषध धन्दामा सक्रिय थिए ।
के भन्छ प्रहरी ?
पर्सा प्रहरीले दिएको जानकारीअनुसार बब्लु हतियार र लागुऔषधसहित भारतबाट रक्सौल नाका हुँदै वीरगञ्ज प्रवेश गरेको सूचना आइतबार राति ११ बजे आएको थियो । सोही सूचनाका आधारमा प्रहरी परिचालित भयो । बी–आर–०५–ए–एल ६१३९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनी भुटनदेवी मन्दिर अगाडि प्रहरीलाई देखेर भाग्न खोजे । प्रहरीले त्यतिबेला दुई राउन्ड फायर गरेर बब्लुलाई नियन्त्रणमा लियो ।
बब्लुको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । घाइते भएका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पछिल्लोपटक बब्लुका गतिविधि शंकास्पद मात्रै थिएनन्, उनले नेपालमा अपराध गरेका अपराधीलाई भारतमा सेल्टर दिँदै आएका थिए ।
बब्लुले व्यापारीहरूलाई समेत फोन गरी धम्क्याएर चन्दा उठाउने गरेको गुनासो प्रहरीसम्म पुगेको जानकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले दिए ।
‘पर्सामा मात्रै होइन, मधेशका अधिकांश जिल्लामा बब्लुले आपराधिक गतिविधि गरेका छन्, काठमाडौंमै लाल मोहम्मदको घटनामा उनको संलग्नता देखिन्छ,’ डीएसपी थापाले भने, ‘आइतबार राति अबेर हामीलाई सूचना आयो । रोक्न खोज्दा उनी भाग्न खोजे । स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्यो ।’
पर्सा प्रहरीले बब्लुविरुद्ध हातहतियार खरखजाना र लागुऔषध ओसारपसारमा मुद्दा चलाएर अनुसन्धान थालेको छ ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...