
काठमाडौं । ‘द पोएट आइडल सिजन-२’को उपाधि भारत सिक्किमका सिम्योन सुकिता राईले जितेका छन् ।
शनिबार राति सम्पन्न फाइनलमा अन्य तीन प्रतिस्पर्धीहरुलाई भोटमा पछि पार्दै राईले उपाधिका साथ नगद १० लाख जिते । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर पनि पाएका छन् ।
‘पोएट आइडल’मा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए ।