२८ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन तालिका सार्वजनिक, तातियो माहोल

जेठ २५, २०८१
काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन तालिका सार्वजनिक, तातियो माहोल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आगामी निर्वाचन २०२४–०२६ का लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । गुणराज लुइटेल संयोजक रहेको अनेसास निर्वाचन समिति २०२४–०२६ ले नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका सार्वजनिक गर्नुअगावै विभिन्न पदका लागि विभिन्न दावेदारहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

अहिले अनेसास निर्वाचन २०२४–०२६ का लागि अध्यक्ष पदमा वर्तमान महासचिव विमला निरौलाले र वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले घोषणा गरेका छन् । यसअघि लालगोपाल सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेका थिए । यद्यपि उनले आफूले अध्यक्ष नभई वरिष्ठ उपाध्यक्षका लागि चुनावमा उत्रने जानकारी उनकै फेसबुकमार्फत् जानकारी गराएका छन् ।

उम्मेदवारी घोषणासँगै आजीवन सदस्यहरूले बधाई शुभकामना व्यक्त गरेका छन् । 

अनेसासको पाँचओटा उपाध्यक्षमा महत्वपूर्ण रूपमा हेरिने अमेरिका उपाध्यक्षका लागि वोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त र वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य सुदीपभद्रले उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै एसिया उपाध्यक्षका लागि कोरियाका प्रमोद सारंग, जापानबाट दिनेशराज ज्ञवाली र नेपालबाट सरिता अर्यालले उम्मेदवार घोषणा गरेका छन् ।

त्यस्तै युरोपबाट उपाध्यक्षका लागि डिल्ली अम्माइले उम्मेदवारी घोषणा गरेका छन् भने ओसियानाबाट प्रत्यक्ष रुपमा घोषण भइनसकेको जानकारी रहेको छ ।

अनेसासको महासचिव पदका लागि कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला र निवर्तमान अनेसास कोषाध्यक्ष निलुकृष्ण गिरीले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सचिव पदका लागि युरोपका एनबी अन्जान र  अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् । सदस्य पदका लागि हालसम्म उम्मेदवारी घोषणा भएको जानकारी प्राप्त भएको  छैन ।

यस्तो छ निर्वाचन तालिका
मतदाता सूची प्रकाशन : जून ५, २०२४ बुधबार (inls.org) मा
• अन्तिम मतदातासूची प्रकाशन जून ६, २०२४ बिहीबार
• उम्मेदवारी दर्ता : जून २२ शनिवारदेखि जून २४, २०२४ सोमबारसम्म
• उम्मेदवारी फिर्ता लिनसक्ने जून २६, २०२४ बुधबार
• अन्तिम उम्मेदवारहरूको नामावली प्रकाशन जून २८, २०२४ शुक्रबार
• चुनावी अभियान र प्रचारप्रसार जून २८ शुक्रबारदेखि जूलाई ३, २०२४ बुधबारसम्म
• चुनावी मौन अवधि जुलाई ४ राति १२ बजेदेखि जूलाई ५ राति ११: ५९ बजेसम्म
• मतदान समयः जुलाई ६, १२ बजे देखि जुलाई ७ राति ११: ५९ सम्म
• चुनावी नतिजा घोषणा : जुलाई ८, २०२४ सोमबार
उम्मेदवारी घोषणा सँगसँगै आजीवन सदस्यहरूले बधाई शुभकामना व्यक्त गरेका छन् । मतदाताले घोषणा गरेका उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु स्वाभाविक पनि हो र मतदाताले पक्ष विपक्षमा आआफ्नो धारण व्यक्त गर्नु स्वाभाविक पनि हो । तर उम्मेदवारबाहेकका वर्तमान केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी वा सल्लाहकारले नै खुलेर एकपक्षका विषयमा बोल्नुलाई चुनावको निष्पक्षतामा शंका गर्न थालेका छन् अनेसासका आजीवन सदस्यहरू ।

salt training

कमेन्ट गर्नुहोस्