०६ साउन २०८३, बुधबार

ग्लोबल आईएमई बैंकको 'डिजिटल यूनिभर्स' सञ्चालनमा

जेठ २७, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकको 'डिजिटल यूनिभर्स' सञ्चालनमा

ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल यूनिभर्स' सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मशिन, नगद जम्मा गर्ने मशिन र एटीएम मशिनजस्ता अत्याधुनिक मशिनहरू रहेको डिजिटल यूनिभर्सको उद्‌घाटन गरेका हुन् । 

उद्‌घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले डिजिटल यूनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने बताए ।

यसले आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

'यो पहल ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो,' उनले भने, 'हामीले आज लन्च गरेको डिजिटल यूनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।'

आजको युगमा डिजिटल बैंकिङको महत्त्व बढ्दै गएको छ ।

डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।

ग्लोबल आईएमई बैंकको डिजिटल यूनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्