०३ साउन २०८३, आइतबार

एनआईसी एशिया बैंकले ल्यायो कर्जाको जरिवानामा शत प्रतिशत छुट योजना

असार १०, २०८१
काठमाडौं
एनआईसी एशिया बैंकले ल्यायो कर्जाको जरिवानामा शत प्रतिशत छुट योजना

एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जामा लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट योजना ल्याएको छ ।

२०८१ असार भित्र कर्जा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै साधारण बक्यौता ब्याज रकममा समेत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

null'मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले योजनामा सहभागी भई लाभ लिन सक्नेछन्,' बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

बैंकको यस योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास लिइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्