
रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को विजेता सुनिल खड्का भएका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।
उनले सिजी मोटर्सको तर्फबाट कार, नगद २५ लाख २५ हजारका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यसैगरी रिशभ काफ्ले फस्ट रनरअप र आयुशा खनाल सेकेन्ड रनर अप भए ।