०३ साउन २०८३, आइतबार

देशभर २५ जनामा हैजा पुष्टि, ​​सतर्कता अपनाउन विज्ञको सुझाव

साउन १९, २०८१
काठमाडौं
देशभर २५ जनामा हैजा पुष्टि, ​​सतर्कता अपनाउन विज्ञको सुझाव

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनामा हैजा सङ्क्रमण देखिएको इडीसीडीले जनाएको छ । 

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्