
सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकाको थामे क्षेत्रमा बाढीपछि अवरुद्ध बनेको मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।
बाढीले अवरुद्ध सेवा सोमबारदेखि सञ्चालनमा आएको हो ।
गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले खुम्बु बिजुली कम्पनीमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध बनेको थियो ।
त्यसपछि थामेसँगै नाम्चे, खुमजुंग, पानी ट्यांकीलगायतका बीटीएस टावरहरू बन्द भएका थिए ।
उक्त बीटीएस टावरहरू सञ्चालन गरी टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिएको नेपाल टेलिकमले जनाएको छ ।
हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्सेलगायत क्षेत्रका बीटीएस टावरहरू सुचारु भई उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा छ ।