०४ साउन २०८३, सोमबार

जुम्लाका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

भदौ ३, २०८१
जुम्ला
जुम्लाका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला कारागारमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताए ।

कारागारमा हाल विभिन्न प्रकृतिका एक सय २० जना कैदीबन्दी छन् ।

कैदीलाई स्वास्थ्य जाँच गराउन एकैपटक अस्पताल लैजान नसकिने भएकाले कारागारमा सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिएको कामतीले बताए ।​

कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने र आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिविरमा प्रतिष्ठानका डा. शुभाङ्क प्याकुरेल नेतृत्वको समूहले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्