३२ असार २०८३, बिहीबार

एभरेष्ट बैंकको बानेश्वर शाखाले थाल्यो आफ्नै अत्याधुनिक भवनबाट कारोबार

भदौ ५, २०८१
काठमाडौं
एभरेष्ट बैंकको बानेश्वर शाखाले थाल्यो आफ्नै अत्याधुनिक भवनबाट कारोबार

एभरेष्ट बैंक लिमिटेडको बानेश्वर शाखाले आफ्नै भवनबाट कारोबारको शुभारम्भ गरेको छ ।

साविकको स्थानबाट करिब १५० मिटर पश्चिममा हरेको आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा सम्पूर्ण बैंकिङ कारोबार शुरू गरिएको बैंकले जनाएको छ ।

बुधबार आयोजित विशेष कार्यक्रममा बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर- १०, नयाँ बानेश्वरस्थित आफ्नै नव निर्मित सुविधा सम्पन्न भवनबाट ​सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने 'डिजिटल संसार'को शुभारम्भ गरेको छ ।​​

सेवा शुभारम्भ गर्दै ​बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले बैंक विश्वासको सहयात्री भएको भएको बताए । नयाँ बानेश्वर र आसपासका बासिन्दाहरूलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने उनले प्रतिबद्धता जनाए ।

null

उक्त डिजिटल संसारमा, बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको छ ।

अब ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथै सेवासम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।​

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् ।

देशैभरिका १२८ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्