
सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित 'अणुव्रत पुरस्कार' प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ ।
एक कार्यक्रमका ब उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो ।
अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई १ लाख ५१ हजार रुपैयाँको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ ।
उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमन्त्री मनोज सिंघवी उपस्थित थिए ।
अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटालाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै मानव जातिमा गरेको सकारात्मक योगदानको प्रशंसा गरे ।
विश्वमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा सम्पूर्ण अणुविभा परिवारको तर्फबाट उनले बधाई दिए ।
अणुव्रत अनुशास्ता आचार्य महाश्रमणले टाटालाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्यको कामनासमेत गरेका थिए ।