०८ साउन २०८३, शुक्रबार

इलेक्ट्रोनिक्स प्रदर्शनीमा ३६ एमएम स्टिलको एनएस सर्टिफिकेट प्राप्त प्रिमियर स्टिल [भिडियो]

भदौ २१, २०८१
काठमाडौं
इलेक्ट्रोनिक्स प्रदर्शनीमा ३६ एमएम स्टिलको एनएस सर्टिफिकेट प्राप्त प्रिमियर स्टिल [भिडियो]

काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू भएको छ । शुक्रवारदेखि शुरू भएको एक्सपो आगामी आइतवारसम्म चल्नेछ ।

null 

१५० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीका स्टलहरू रहको एक्सपोमा नेपालकै पहिलो ३६ एमएमको उच्च गुणस्तरीय प्रिमियर स्टिल प्रदर्शन गरिएको छ ।

null

प्रिमियरले ३६ एमएम स्टिलको एनएस सर्टिफिकेट पाएको र उत्पादन गर्ने पहिलो कम्पनी रहेको प्रिमियर स्टिलका ब्रान्ड म्यानेजर सजल राउतले बताए । उनका अनुसार प्रिमियर स्टिलले छोटो समयमा उपभोक्ताहरूको विश्वास जितेको छ ।

null 

‘गुणस्तरमा नेपालकै अब्बल स्टिल कम्पनी रहेको प्रिमियरले छोटो समयमा अत्यधिक लोकप्रियता कमाएको छ । हाम्रो उत्पादनले उपभोक्ताहरूको विश्वास जित्न सफल भएको छ । त्यसैले नेपाली बजारको राम्रो हिस्सा ओगट्न सफल भएका छौँ,’ राउतले भने । 

null

शारडा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको प्रिमियर स्टिल प्रालि पूर्व क्षत्रेकै ठूलो स्टिल उत्पादन कम्पनी हो । कम्पनीले ८ एमएमदेखि ३६ एमएमसम्मका प्रिमियर स्टिल उत्पादन गर्दै आएको छ । ३६ वर्षभन्दा पुरानो स्टिलजन्य उत्पादनको अनुभव बोकेको प्रिमियर स्टिलका देशभर २०० भन्दा बढी आउटलेट रहेका छन् ।

null 

‘गुणस्तरीय उत्पादनको विश्वासमा अहिलेसम्म नेपाली बजारमा राम्रो लोकप्रियता कमाएको प्रिमियर स्टिलले प्रतिदिन ८०० मेट्रिक टन उत्पादन गर्ने गर्दछ,’  ब्रान्ड म्यानेजर राउतले थपे ।

null 

एक्सपोमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय् उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय् सामग्रीका कम्पनीहरूले प्रदर्शन गरिरहेका छन् । 

हेरौं भिडियो सामग्रीः 


 

salt training

कमेन्ट गर्नुहोस्