११ साउन २०८३, सोमबार
समातिए सत्तारुढ दलकै नेता

निषेधित क्षेत्रमा अनशन बसेका पूर्वमुख्यमन्त्री कार्कीलाई पक्रेर घर लाँदै प्रहरी

भदौ २५, २०८१
विराटनगर
निषेधित क्षेत्रमा अनशन बसेका पूर्वमुख्यमन्त्री कार्कीलाई पक्रेर घर लाँदै प्रहरी

निषेधित क्षेत्रमा अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्रेर उनकै घर लगेको छ ।

मंगलवार साँझ पक्राउ परेका उनलाई घरमा लगेर छोडिने मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लोकान्तरलाई जानकारी दिए ।

पक्राउपछि कार्कीलाई टंकीसिनुवारीको बुढीगंगास्थित घरमा लगिएको छ ।

कार्कीलाई पक्राउ गर्ने क्रममा अनशनस्थलमा प्रहरी र उनका समर्थकबीच झडप भएको थियो । पक्राउ परेका उनका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।​

null

अनशनरत कार्कीसहितको टोलीलाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीको टोलीले बल प्रयोग गरेको थियो । विराटनगरस्थित प्रदेशसभा सचिवालय छेउमै अनशन बसेका उनलाई मंगलवार साँझ प्रहरीले हटाएको हो । 

कार्कीले मंगलवार अपरान्ह विराटनगरको निषेधित क्षेत्रमै अनशन शुरू गरेका थिए । उनको अनशनमा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले समेत साथ दिएका थिए ।

null

यसअघि पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशन बस्ने भनेको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो ।

आफ्नो कार्यकालमा शुरू गरेका केही कार्यक्रमको निरन्तरताको माग गर्दै कार्कीले अनशन बस्ने घोषणा गरेका हुन् ।

null

तर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको हो ।

null

तर शुरूमा कार्कीसहितको टोली निषेधित क्षेत्रमा अनशन बस्दा प्रहरीले कुनै हस्तक्षेप गरेको थिएन । साँझमा भने बल प्रयोग गरेको हो । 

कार्की सत्तारुढ दल नेपाली कांग्रेसका नेता हुन् । उनी डा शेखर कोइराला पक्षधर नेताको रुपमा चिनिन्छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्