माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडाैं | भदौ २६, २०८१
२०२३ मा एनजीओ ‘सीएसडब्लु ६७’ को कार्यक्रममा आफूसँगै जान लागेकाले ५ जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन भनेर उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रले फेरि राजनीतिक हंगामा भएको छ ।
मगरले ५ जनाका लागि लेखेको पत्र सार्वजनिक भएको केही समयपछि फेरि यो विषय उठ्दा उपसभामुखलाई राजीनामाका लागि दबाब परेको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले पदीय आचरण दुरूपयोग गरेको भन्दै राजीनामा दिन उपसभामुखलाई आग्रह गरिसकेका छन् ।
राजीनामा नदिए पद अनुकूल आचरण नगरेको भनेर धारा ९१(६) (ग) अनुसार दुईतिहाइले हटाउने प्रक्रिया अगाडि बढाउने तयारीमा सत्ता पक्ष देखिन्छ ।
गत असार ३० गते कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । ओलीले लगत्तै साउन ६ गते २७५ सदस्यीय प्रतिनिधिसभामा १८८ जना सांसदको दुईतिहाइ विश्वासको मत पाएका थिए । दुई दलबीच पहिलो दुई वर्ष ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
दुईतिहाइ मत भएकाले सरकारको काम कारवाही अगाडि बढाउन कुनै बाधा नआओस् भनेर दुवै दल लागेका छन् । तर, विभिन्न संवैधानिक अंगमा नियुक्ति सिफारिश गर्ने संवैधानिक परिषदमा अहिलेको समीकरणको बहुमत छैन ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहँदा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।
प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशबाहेक राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख तीनैजना विपक्षी छन् । यसैले संवैधानिक नियुक्तिको सहजताका लागि बहुमत पुर्याउन पनि कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारी गरेको चर्चा छ ।
उपसभामुख कांग्रेसलाई दिँदा सरकार सञ्चालनको प्रक्रिया सहज हुने र कांग्रेससँग पनि विश्वास अझै बढ्ने प्रधानमन्त्रीको सोच देखिन्छ । यसैले यसपटक बालुवाटारमा कांग्रेस र सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले ओलीले नै सभासभामुख फेर्न प्रस्ताव गरेका हुन् ।
कांग्रेसबाट उपसभामुख बनाउँदा संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश गरी ४ जना पुग्छन्, जुन ६ सदस्यीय परिषद्को बहुमत पनि हो ।
प्रधानन्यायाधीशसहित संवैधानिक अंगमा नियुक्तिको सहजताका लागि सत्तारुढ दलले बहुमत खोजेको देखिन्छ । यतिमात्रै होइन, कांग्रेससँगको सत्ता साझेदारीलाई अझै बलियो बनाउन पनि ओलीकै जमर्कोमा उपसभामुख कांग्रेसलाई दिनेगरी तयारी भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरूले मात्रै उपसभामुखको राजीनामा मागेका थिए । तर, बुधबार कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुखले अनधिकृत काम गरेकाले प्रक्रियामा जानुअघि मार्ग प्रशस्त गर्न सुझाव दियो ।
‘उपसभामुखबाट अनधिकृत रूपमा अमेरिका लाने भन्दै लेटरहेड प्रयोग गर्ने व्यवहार अत्यन्तै अनुचित थियो । यो कुरा साउनमा बाहिरियो । त्यतिखेरै संसद्मा प्रश्न उठेको थियो । हिजो संसदमा जोडदार ढंगले यो विषयमा प्रश्न उठ्यो,’ बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘यसैले छलफल गर्नुपर्ने आवश्यकता परेको हो । प्रक्रियामा जानुअघि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो मत हो । नभए हाम्रो संसदीय दलको बैठकअघि सत्तारुढ दलबीच बैठक बसेर साझा धारणा तय गर्छौं ।’
कांग्रेसले उपसभामुखले आफ्नो लेटरहेड दुरुपयोग गरी संसद् र देशलाई नै अपमानित गरेको निष्कर्ष निकालेको थियो । ‘उहाँमाथि गम्भीर प्रश्न उठ्यो । यो चानचुने विषय होइन । उपसभामुखले कूटनीतिक नियोगमा यस्तो सिफारिश गर्न मिल्दैन । सिफारिश गर्नैपरे सचिवालय वा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्थ्यो । तर, गर्नै नहुने काम उपसभामुखले गर्नुभयो,’ घिमिरेले भने, ‘उहाँको कामले संसद्लाई नै अपमानित गरेको छ । मुलुकको शिर झुकाएको छ । मुलुकलाई पनि अपमानित गरेको छ भन्ने कांग्रेसको बुझाइ छ ।’
सहजै राजीनामा नदिए पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याएर दुईतिहाइले हटाउने तयारीमा कांग्रेस–एमाले पुगेका छन् । ‘गम्भीर विषय आएपछि उपसभामुखले सहजै छाडिदिनुस् भन्ने हाम्रो चाहना हो । मार्ग प्रशस्त नगरे संविधानको धारा ९१(६) (ग) अनुसार दुईतिहाइबाट हटाउन सकिन्छ भन्ने बारेमा छलफल भइसकेको छ,’ कांग्रेसका एक नेताले भने, ‘सत्तारुढ दुवै दलले औपचारिक रूपमा छाड्नुस् भनिसक्यौं । अब नछाडे सत्तारुढ दलको बैठक र आन्तरिक छलफलपछि प्रक्रिया अगाडि बढाउने तयारी छ ।’
दुवै दलले सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेका छन् ।
संविधानको धारा ९१(६) (ग) मा सभामुख र उपसभामुख पदमुक्त हुनेसम्बन्धी व्यवस्था छ । प्रतिनिधिसभाको सदस्य नरहेमा, राजीनामा दिएमा बाहेक ‘निजले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा’ भन्ने उल्लेख छ ।
यस्तो छ दुईतिहाइको गणित
विश्वासको मत लिँदा नै दुईतिहाइ प्राप्त गरेका प्रधानमन्त्रीले उपसभामुख हटाउने प्रस्तावमा पनि प्रस्ट दुईतिहाइ पाउने विश्वास लिएका छन् । सरकारलाई समर्थन गरेको कांग्रेसका ८८, एमालेका ७८, जनता समाजवादीका ७, जनमतका ६, नागरिक उन्मुक्ति र लोसपाका ४/४ गर्दा १८७ जना सांसद पुग्छन्, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बढी मत हो । ओलीले विश्वासको मतका क्रममा १८८ सांसदको समर्थन पाएका थिए ।
रास्वपाले भन्यो– ‘उपसभामुखले पदको दुरुपयोग गर्नुभएकै हो’
यसैबीच, उपसभामुखको पार्टी रास्वपाले नै उनले पदीय दुरुपयोग गरेको स्वीकारेको छ । राजीनामा दिन दबाब परेपछि बसेको पार्टी सचिवालय बैठकले उपसभामुखले पदीय दुरुपयोग गरेको बताएको हो ।
‘१९ महिना पहिलेको पत्रमा हस्ताक्षर देखियो । पत्र सम्बन्धित ठाउँमा पुगेको थिएन । भिसाका लागि अनुरोध पत्र थिएन । तर, अन्तर्वार्ताका लागि समय मागेको हो । दूतावासमा यसरी लाइन लाग्नुमा पनि पुरानै दलहरूको कमजोरी छ,’ सचिवालय बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘कार्यक्रमको समय नजिकिन लागेपछि मलगायत मेरो टोलीको अन्तर्वार्ता समय सारिदिनुपर्यो भनेर अनुरोधपत्र लेखियो । तर, जे भयो त्यो गलत भयो । त्यो सही थियो भनेका छैनौं । दुरुपयोग भएको हो ।’
तर, १८ महिनापछि राजनीतिक दाउपेचका लागि दलहरूले यो विषय ल्याएको भन्दै रास्वपाले विरोध गरेको छ । ‘१८ महिना दबाएर किन राखियो ? यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला । यदि गलत थियो भने १८ महिनाअघि नै गलत थियो, आज आएर गलत भएको हो र ? यसैले उहाँहरूको दाउपेचमा प्रश्न छ,’ झाले भने, ‘१८ महिना बितेपछि आज किन चर्चा गर्दै हुनुहुन्छ ? नयाँ गठबन्धन भएपछि, समीकरण बनेपछि सान्दर्भिक भएको हो ? भन्ने हाम्रो प्रश्न हो ।’
स्पष्टीकरणको मौका पनि नदिई हटाउन खोजेको भन्दै रास्वपाले ठूला दलले स्वार्थ मात्रै हेरेको बताएको छ । ‘नराम्रो भएपछि छानबिनको प्रक्रिया हुन्छ । स्पष्टीकरणको मौका पाएपछि त्यहाँ पुग्ने हो,’ रास्वपाले भनेको छ, ‘संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउन यसो गरिएको हो भन्ने हाम्रो मत छ,’ झाले भने ।
ठूला दलको रणनीति हेरेर अगाडि बढ्ने उनले बताए । ‘कुनै पनि औपचारिक कदम चालेका छैनन् । संकलित हस्ताक्षर दर्ता भएको छैन,’ प्रवक्ता झाले भने, ‘यसैले हामी छलफलमा मात्रै छौं । हाम्रो धारणा यो भनेर निष्कर्ष सुनाइहाल्ने बेला भएको छैन । सदनमा उहाँहरूको प्रस्तुति हेरेपछि हामी थप कदम चाल्दै जान्छौं । पर्ख र हेरको अवस्थामा छौं । हामी आएको परिस्थितिलाई सामना गर्न तयार भएर बसेका छौं ।’
बैठकमा सभापति रवि लामिछानेले पनि दलहरूले देखाउन खोजेको दुईतिहाइको दम्भ उनीहरूलाई भारी पर्ने चेतावनी दिएका छन् ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...