
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी गाडीको रिजनल लन्च देशको पूर्वी क्षेत्रबाट शुरू गरेको छ । बिर्तामोडको अलास्का अटोमोबाइल र विराटनगरस्थित गोयल अटोमा 'बहुप्रतीक्षित गाडी' टाटा पन्च ईभीको लन्च गरिएको हो ।
सो कार्यक्रममा गाडी बूक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापति र उद्योग बाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो ।
पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहक पन्च ईभीको प्रतीक्षा गरिरहेकाले लन्च कार्यक्रममा ग्राहकहरूलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको अलास्का अटोमोबाइलका प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

गत चैत्रमा इन्डियन प्रिमियर लिग (आईपीएल)को समयबाटै गोयल अटो विराटनगरमा पन्च ईभीको माग बढेको जानकारी दिँदै अन्ततः गाडी विराटनगरमा डेलिभरी गर्न पाउँदा गर्व महसुस भएको स्नेह गोयलले बताए ।
पूर्वको लन्च सकेर अब टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।
टाटा पन्च ईभीको शुरूवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
‘पन्च ईभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्टमाथिका विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नुहुन्छ,’ कम्पनीले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमी रहेको छ भने यो जीएनसीएपीमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।’