![रास्वपा कार्यालयमा नेता कार्यकर्ताको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/RSP_Party_Office_1_BI7ocQDT74.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय परिसरमा कार्यकर्ताको भीड लागेको छ ।
आइतबार साँझ पार्टीले नेता कार्यकर्तालाई यथाशक्य चाँडो केन्द्रीय कार्यालय वनस्थलीमा आउन आग्रह गरेपछि नेता कार्यकर्ताको भीड लागेको हो ।
प्रहरी स्रोतका अनुसार रास्वपा कार्यालय परिसरमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेसँगै रास्वपाले आकस्मिक भेला बोलाएको हो ।
तस्वीरहरू



