
वरुण बेभरेज नेपाल प्रालिले ‘आरु हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याएको छ । काठमाडौंको सिनामंगलमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
पेप्सी–कोलाको प्रमुख फ्रेन्चाइज रहेको वरुण बेभरेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्थ क्लिनिक सञ्चालनमा ल्याइएको जनाएको छ । ‘आर्थिक रूपमा विपन्न स्थानीय समुदायलाई गुणस्तरीय निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गराउनका लागि हेल्थ क्लिनिक सञ्चालनमा ल्याइएको हो,’ कम्पनीले भनेको छ ।
आरु हेल्थ क्लिनिकमा परामर्श, औषधि र डाइग्नोस्टिक परीक्षणलगायतका सेवाहरू प्रदान गरिने छ । क्लिनिक शनिवारबाहेक हप्ताको ६ दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा रहने छ ।
यो क्लिनिक सन् २०२३ देखि सञ्चालनमा रहेको छ । हालसम्म यसले साढे ६ हजार बिरामीको उपचार गरिसकेको छ ।
