०५ साउन २०८३, मंगलबार

तारकेश्वर नगरपालिकाका अमिन चौलागाईं घुससहित पक्राउ

असोज १४, २०८१
काठमाडौं
तारकेश्वर नगरपालिकाका अमिन चौलागाईं घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबो तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाईं पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा उनलाई सोमबार साँझ पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

उनका अनुसार नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँघुससहित पक्राउ गरिएको हो ।​

आयोगको टोलीले उनको साथबाट स्रोत नखुलेको थप ३४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्