११ असार २०८३, बिहीबार

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेजमा दिनभर तनाव

कात्तिक २०, २०७४
सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेजमा दिनभर तनाव

पोखरा, १८ कात्तिक - सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण बन्यो  ।dead

स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका थिए ।
उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यही कात्तिक ११ गते अस्पताल भर्ना गरिएकामा सोही दिन शल्यक्रियाबाट उनले शिशु जन्माएकी र सोही दिनदेखि बेहोस भएर मृत्यु भएकी अर्यालको अवस्थाबारे अस्पताल पक्षले केही जानकारी नदिई शुक्रबार साँझ मात्रै मृत्यु भएको घोषणा गरेको थियो ।
आइतबार कलेज प्रशासन र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्