
रोशी खोलामा शनिबार आएको बाढीले बगाएर बगरमा परिणत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित कटुञ्जे फाँट । तल्लो फाँट र माथिल्लो फाँटमा करिब तीन सय रोपनी खेत बगाएको स्थानीय बताउँछन् । बाढीले सोही फाँट नजिक बीपी राजमार्गअन्तर्गत चौकी डाँडामा दुई सय मिटर सडक बगाएको थियो । तस्वीर : राजकुमार पराजुली/रासस