३१ जेठ २०८३, आइतबार

काठमाडौं १० नम्बरमा जित्ने कांग्रेस र वाम गठवन्धन दुबैको दाबी, उम्मेदवारहरु यसो भन्छन्

कात्तिक २०, २०७४
काठमाडौं १० नम्बरमा जित्ने कांग्रेस र वाम गठवन्धन दुबैको दाबी, उम्मेदवारहरु यसो भन्छन्
काठमाडौं, १९ कार्तिक । खेलकुद मन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसीले आफूले यस अघि पाएको मतको दोब्बर मत हाँसिल गरेर जित्नेदाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले १० नम्बरका जनताहरुले आफूलाई रुचाएकोले उम्मेद्धवारी दिएको स्प्ष्ट पारे । उनले भने,‘मैले जतिकाम त्यहाँ कसैले पनि गरेको छैन, यो कुरा जनतालाई गएर सोध्दा हुन्छ, १० नम्बरका जनताहरुको घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु, किनकी म यहाँको जन प्रतिनिधि हुँनि ।’

उनले एमाले–माओवादी केन्दबाट संयुक्त उम्मेद्धवार बनेका हितमान शाक्यलाई ६ नम्बर प्रदेश छोडेर किन १० नम्बरमा आएको भन्दै प्रश्न समेत तेर्साए । केसीले थपे,‘हामीलाई अहिले वाम गठबन्धनप्रति कुनै डर छैन, चुनावभनेको प्रतिष्पर्धा हो।’

उनले आफू जनताको मतलाई सम्मानगर्ने नेताभएकोले अबको निर्वाचनमा जनताले आफूलाई अत्यधिकमतदिने समेत विश्वास दिलाए । उनले भने,‘पहिले १२ र २० हुँदाम यसलाई यू–टर्न गरिदिन्छु भनेको थिएँ, त्यो मैले पूरा गरेर देखाएँ, अब २० को ४० बनाउँछु,।’

त्यस्तै काठमाडौं १० नम्बर क्षेत्रकाएमाले–माओवादी केन्द्रका साझाउम्मेद्धवार हितमान शाक्यले आफ्नो विजयी सयमा एक हजार प्रतिशत रहेको दाबी गरेका छन् । उनले आफ्नो एक तिहाई जीवन राजनीतिमा नै वितेकोले आफ्नो अनुभव र क्षमताका कारण उक्त क्षेत्रमा विजयी हाँसिल गर्ने कोशिस भैरहेको बताए । उनले भने,‘निर्वाचनमा मैले जित्नुपर्छ, म माओवादी र एमालेको साझा उम्मेद्धवार हुँ, मेरो विजयी सुनिश्चि छ।’

शाक्यले आफूले जीवनमा कहिल्यै पनि प्रतिष्पर्धामा नहारेको उल्लेख गर्दै भने,‘म २०३८ सालदेखि अहिलेसम्म कुनै पनि चुनावमा हारेको छैन, चाहे ०३८ सालको विद्यार्थी राजनीतिमाहोस्, वा ०४५ सालमा त्रिवीको सभापति बन्दाखेरि, वा ०६४ सालको संविधानसभाको निर्वाचनमा नै किननहोस्, म कहिल्यै पनिहारेको छैन्।’शाक्यले आफू जीवनमा कहिल्यैपनि पराजित नभएकोले यो पटक पनि पराजित नहुने जिकिर गरे । उनले थपे,‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु।’

१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्वभएकोले आफूले जित्ने उनको दाबी थियो । उनले भने,‘०७० मा केसीले जित्नुभयो, त्यति वेलामाओवादी पार्टी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं, जीत सुनिश्चित छ।’उनले मुलुकमा स्थिर सरकार वाम शक्तिहरुले मात्रै दिन सक्ने भएकोले यो पटकको निर्वाचनमा वामपन्थीहरुको विजयी हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्