×

NMB BANK
NIC ASIA

काठमाडौं १० नम्बरमा जित्ने कांग्रेस र वाम गठवन्धन दुबैको दाबी, उम्मेदवारहरु यसो भन्छन्

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १९ कार्तिक । खेलकुद मन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसीले आफूले यस अघि पाएको मतको दोब्बर मत हाँसिल गरेर जित्नेदाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले १० नम्बरका जनताहरुले आफूलाई रुचाएकोले उम्मेद्धवारी दिएको स्प्ष्ट पारे । उनले भने,‘मैले जतिकाम त्यहाँ कसैले पनि गरेको छैन, यो कुरा जनतालाई गएर सोध्दा हुन्छ, १० नम्बरका जनताहरुको घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु, किनकी म यहाँको जन प्रतिनिधि हुँनि ।’

उनले एमाले–माओवादी केन्दबाट संयुक्त उम्मेद्धवार बनेका हितमान शाक्यलाई ६ नम्बर प्रदेश छोडेर किन १० नम्बरमा आएको भन्दै प्रश्न समेत तेर्साए । केसीले थपे,‘हामीलाई अहिले वाम गठबन्धनप्रति कुनै डर छैन, चुनावभनेको प्रतिष्पर्धा हो।’

उनले आफू जनताको मतलाई सम्मानगर्ने नेताभएकोले अबको निर्वाचनमा जनताले आफूलाई अत्यधिकमतदिने समेत विश्वास दिलाए । उनले भने,‘पहिले १२ र २० हुँदाम यसलाई यू–टर्न गरिदिन्छु भनेको थिएँ, त्यो मैले पूरा गरेर देखाएँ, अब २० को ४० बनाउँछु,।’

त्यस्तै काठमाडौं १० नम्बर क्षेत्रकाएमाले–माओवादी केन्द्रका साझाउम्मेद्धवार हितमान शाक्यले आफ्नो विजयी सयमा एक हजार प्रतिशत रहेको दाबी गरेका छन् । उनले आफ्नो एक तिहाई जीवन राजनीतिमा नै वितेकोले आफ्नो अनुभव र क्षमताका कारण उक्त क्षेत्रमा विजयी हाँसिल गर्ने कोशिस भैरहेको बताए । उनले भने,‘निर्वाचनमा मैले जित्नुपर्छ, म माओवादी र एमालेको साझा उम्मेद्धवार हुँ, मेरो विजयी सुनिश्चि छ।’

शाक्यले आफूले जीवनमा कहिल्यै पनि प्रतिष्पर्धामा नहारेको उल्लेख गर्दै भने,‘म २०३८ सालदेखि अहिलेसम्म कुनै पनि चुनावमा हारेको छैन, चाहे ०३८ सालको विद्यार्थी राजनीतिमाहोस्, वा ०४५ सालमा त्रिवीको सभापति बन्दाखेरि, वा ०६४ सालको संविधानसभाको निर्वाचनमा नै किननहोस्, म कहिल्यै पनिहारेको छैन्।’शाक्यले आफू जीवनमा कहिल्यैपनि पराजित नभएकोले यो पटक पनि पराजित नहुने जिकिर गरे । उनले थपे,‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु।’

१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्वभएकोले आफूले जित्ने उनको दाबी थियो । उनले भने,‘०७० मा केसीले जित्नुभयो, त्यति वेलामाओवादी पार्टी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं, जीत सुनिश्चित छ।’उनले मुलुकमा स्थिर सरकार वाम शक्तिहरुले मात्रै दिन सक्ने भएकोले यो पटकको निर्वाचनमा वामपन्थीहरुको विजयी हुने बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x