०७ साउन २०८३, बिहीबार

रविलाई आज अदालतमा उपस्थित गराइँदै

कात्तिक ४, २०८१
काठमाडौं
रविलाई आज अदालतमा उपस्थित गराइँदै
फाइल तस्वीर ।

सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतवार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

उनलाई आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार पक्राउ गरेर रातारात पोखरा लगिएको भए पनि भोलिपल्ट शनिवार परेको थियो । यसर्थ आइतवारमात्रै अदालत खुल्ने भएपछि उपस्थित गराउन लागिएको हो ।

शुक्रवार साँझ पक्राउ परेका लामिछानेलाई स्थलमार्ग हुँदै शनिवार बिहान जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । 

कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछानेलाई पक्राउ गरिएको थियो । 

लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडक मार्गका ठाउँ ठाउँमा नाराबाजी गरेका थिए ।

रास्वपा सभापति लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उनले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।   

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । 

यसअघि लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्