
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।
साताको तेस्रो कारोबारका दिन नेप्से परिसूचक २५.८८ अङ्कले बढेर २६६५.८१ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार मात्रै ५७.९९ अङ्कले घटेर नेप्से २६३९.९२ को विन्दुमा अडिएको थियो ।
साताको पहिलो कारोबारका दिन आइतबार पनि नेप्से परिसूचक ४७.४४ अङ्कले घटेर २६९७.९१ को विन्दुमा अडिएको थियो ।
साताको पहिलो दिनदेखि निरन्तर घट्दै गएको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।
आज उपसमूहतर्फका सबै सूचकहरू बढेका छन् ।
कारोबारका आधारमा गुडवील फाइनान्स १७ करोड ३२ लाख ४१ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।