०७ साउन २०८३, बिहीबार
रवि लामिछाने पक्राउको विरोध

प्रधानमन्त्री निवासबाहिर रास्वपाको प्रदर्शन, सांसदसहित ३३ जना पक्राउ [तस्वीरहरू]

कात्तिक १३, २०८१
काठमाडौं
प्रधानमन्त्री निवासबाहिर रास्वपाको प्रदर्शन, सांसदसहित ३३ जना पक्राउ [तस्वीरहरू]

पार्टी सभापति रवि लामिछाने रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा एक सांसदसहित ३३ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना छन् ।

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरेको थियो । सो क्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गरेको हो ।

बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । 

लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ । 

विरोध प्रदर्शनकै क्रममा रास्वपा सांसद गणेश पराजुलीले पक्राउ गरिएका ३३ जनालाई रिहा गर्न सरकारलाई चेतावनी दिए ।

प्रदर्शनलाई सम्बोधन गदै सांसद सोविता गौतमले लामिछानेमाथि प्रतिशोध साधेर थुनामा राखिएको आरोप लगाइन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

0

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्